पोखरा, माघ १६ गते । संघीय सरकारका उद्योगमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी(नेकपा)का स्थायी समिति सदस्य लेखराज भट्टले पुष्पकमल दाहाल(प्रचण्ड) र माधव नेपालको समुहलाई डेट एक्सपाएर भएको औषधीको संज्ञा दिनु भएको छ । शुक्रबार पोखराको लेखनाथमा आयोजित अगुवा कार्यकता भेलालाई सम्वोधन गदै उहाँले भन्नुभयो, त्यो औषधीलाई प्रयोग गर्न पनि नहुने भएकाले अवको चुनावबाट जनताले उचित ठाँउमा ब्यवस्थापन गर्ने ठोकुवा समेत गर्नुभयो । अरुको जिवनलाई जिवन नदेख्ने तर अरुको मृत्युलाई जिवन देख्नेहरुको जमात अहिले प्रतिक्रान्ती भन्दै सडकमा जानुभएको छ उहाँले भन्ुनभयो, ‘परिणाम बैशाखमा हुने निर्बाचनले देखाउने र उहाँहरु पुर्नस्थापना केन्द्रमा भर्ना हुनु सिवाए अरु कुनै उपाए छैन् ।’
कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सहइन्चार्ज एव पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले निर्वाचनका समयमा देश र जनताका विचमा राखेका प्रतिवद्धताहरुलाई पुरा गर्न नसक्ने शक्तिले बिखण्डनको बाटो अवलम्वन गरेको बताउदै पछि आत्मा आलोचना गरेर मुलप्रवाहमा नै फर्कने विश्वास ब्यक्त गर्नुभयो । उहाँले प्रचण्ड माधवसंग अझै पनि सहकार्यको ढोकाखुल्ला रहेको बिचार राख्दै प्रतिनिधि सभा विघटन बाध्यतात्मक भएको बताउनुभयो । झण्डै दुई तिहाईको सरकारको प्रधानमन्त्रीलाई काम गर्न नदिएर असफल बनाउन खोजेपछि संसद विघटन बाध्यात्मक बनेको बताउनुभयो ।
कार्यक्रममा नेकपा पोखरा महानगरपालिका संयोजक एव केन्द्रीय सदस्य दिपक पौडेलले इच्छा नहुदानहुदै प्रधानमन्त्रीले संसद विगटन गर्नुपरेको धारणा राख्नुभयो । नेकपा वडा नं २७ का अध्यक्ष सुर्यमणि लामिछाने नेकपाको फुटको कारण प्रचण्ड माधवको पद लोलोलुपता भएको बताउनुभयो । नेकपा पोखरा महानगरपालिकावडा न ं२६ देखि ३२ सम्मका अगुवाकार्यकर्ताको भेलाका संयोजक सुर्यमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा नं ३० का अध्यक्ष कृष्णप्रसाद अधिकारीले गर्नुभएको थियो ।