पोखरा, माघ १७ गते । नेपाल टेलिभिजनले आयोजना गरेको पहिलो वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधि पोखरेली चेलि एलिना गुरुङले जित्नु भएको छ । शनिबार साँझ सम्पन्न फाइलनमा चार तीन प्रतिस्पर्धीलाई उछिन्दै एलिनाले उपाधि सहित नगद ३५ लाख रुपैयाँ पाप्त गर्नुभयो ।
त्यस्तै उहाँले १ करोड रुपैयाँको जीवन विमा पाउनु भएको छ । पोखरेली चेली एलिनाले अनितम प्रतिस्पर्धामा आस्था राउतको गीत चौवन्दीमा बोलको गीत गाउनु भएको थियो । उपविजेता बन्न सफल अन्य तीन जनाले नगद ५ लाख र ५० लाख रुपैयाँको जीवन विमा प्राप्त गर्नुभएको छ ।
विजेता र उपविजेतालाई नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री पार्वत, नेपाल टेलिभिजनका अध्यक्ष डा.महेन्द्र विष्ट लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।