जापान छोडेर कैचीमा भविष्य खोज्दै राना मगर

पोखरा, माघ १८ गते ।कपाल वा दाह्री काट्ने सैलुन पसल भनेपछि हामी सजिलै भारतिय मुलका वा मधेसीले सञ्चालन गरेको भनेर हामीले सजिलै बुझ्ने गछौ । हुन पनि नेपालका अधिकांश सैलुन पसलहरु भारतिय मुलका वा मधेसी समुदायका मानिसहरुबाट सञ्चालन भएको हामीले देख्दै र भोग्दै आएका छौ ।

पोखरामा अझैपनि प्राय सैलुन पसलहरु भारतिय मुलका नाइहरुबाटै सञ्चालित छन । तर पछिल्लो समय नेपाली युवाहरुले पनि नाइको सीप अंगालेर मनग्ये रुपमा नेपालमै आफ्ना दाजुभाइहरुको कपाल काटेरै मनग्य आम्दानी गर्दै आइरहेका छन । पछिल्लो समय नेपाली युवाहरुले हेण्डसम पार्लर देखी बार्वर सप खोलेर आफ्नै भुमिमा मनग्य आम्दानी गर्दै आइरहेका हुन । यसैमध्ये एक युवा हुन बाग्लुङका शुसिल राना मगर । शुसिललाई नपुग्दो केही छैन, बाग्लुङ पुरानो गाउ भइ पोखरामै हुर्केका शुसिललाई बार्बर बन्छु भन्ने कहिल्यै पनि सोच थिएन । सानैदेखी पोखरामा हुर्केर पोखरामानै पढेका शुसिल बैदेशिक रोजगारमा पुगेर हण्डर खाएपछि बार्बर बन्ने सोच पलाएको हो ।

 

लामो समयदेखी जापनमा रहेका बुवा चन्द्र बहादुर राना, आमा दिल कुमारी रानाका एक्लो छोरो शुसिल एसएलसि उतीर्ण हुनासाथ प्लस टु अध्ययन गर्दै गर्दा २०६७ सालतिर जापान पुगे । जापान बसाई उनको धेरै समय टिकेन । जापानमा पुगेर शुसिलले ९ महिनामात्र जापान बस्ने मौका पाए । जापानको मेहनतले शुसिलले मनग्ये आम्दानी गर्थे तर जापान सरकारको नियम भन्दा बढी समय काम गर्न थालेपछि शुसिललाई त्यहांको सरकारले जापानबाट नेपाल फिर्ता गर्यो ।

जापानमा मेहनत गर्न सिकेका शुसिलले हिम्मत हारेनन । नेपाल आएर जापानमा जस्तो मेहनत गर्ने होभने नेपालमानै मनग्य आम्दानी त्योपनि साथीभाइहरु संगै बसेर कमाइ गर्न सकिन्छ भन्ने उनमा आंट र भरोसा थियो । सीप र मेहनत हुने हो भने नेपालमै बसेर केही गर्न सकिने भन्दै हिड्ने शुसिल पोखराको भाटभटेनी सुपरमार्केटको अण्डरग्राउण्डमा नेपाली युवाहरुले जी एच हेयर सैलुन खोलेको थाहा पाए । उनी प्राय जसो ग्राहकको रुपमा नेपाली युवा हिमाल लिम्बुले सञ्चालनमा ल्याएको उक्त सैलुनमा जाने क्रम वढ्न थाल्यो ।

 

ग्राहक बनेर पुग्ने शुसिल अन्तत उक्त बार्वर सपमा भोलेन्टिएरको रुपमा काम सिक्नेगरी काम शुरु गर्न थाले । सोही समयमा उनले उत्तम गुरुङलाई समेत भेट्ने मौका जुर्यो । उत्तम पनि उक्त सैलुनमा कपाल काट्ने काम गर्थे । सो सैलुनमा दुइवर्ष कपाल काट्ने काम गरेका शुसिल र उत्तम मिलेर पोखराको अमरसिंह मिनी मार्केटमा ८ लाखको लगानीमा दुइ वर्ष अगाडि बार्वर सप सञ्चालनमा ल्याए ।

 

मिठो बोलीचाली नम्र ब्यवहार भएका शुसिल र उत्तमको वार्वर सपको ग्राहकपनि भाटभटेमै आउनेहरु हुन थाले । पसल सञ्चालनका लागी आफ्नै साथी पालिखेचोकका बिनायक पालिखे र शुसिलका काका सिंगापुरमा रहेका गणेश राना मगरले बार्वरमा प्रयोग हुने औजारहरु समेत सहयोग गरेको शुसिल सम्झन्छन । सुरुमा पसल सञ्चालन गर्दा कोही पनि ग्राहक नहुनेहोकी लगानी डुब्ने पो होकी भन्ने चिन्ता पनि थियो । तर भाटभटेनीकै आफ्नो पुरानो ग्राहकबाटै आफुहरु आज सम्मको यात्रामा आइपुगेको शुसिल बताउछन ।

 

वार्वर सप सञ्चालनको सुरुको दिनमा दैनिक १५ देखी २० जना ग्राहक आउने गरेको र हाल दैनिक ५० जना ग्राहकहरु आउने र मासिक २ लाख कमाइ हुने गरेको छ । वारवरबाटै कमाएको केही पैसा सामाजिक काममा समेत उनीहरुले खर्चिदै आइरहेका छन । उनीहरुले वर्षेनी थोरै भएपनि रकम छुट्याएर वृद्धाश्रमहरुमा समेत सहयोग गर्दै आएका छन । राना र गुरुङले वार्वरमा कपाल काट्ने मात्र हैन वार्वर समेत सिकाउदै आएका छन हाल ४ जनाले वार्वर सिकिरहेको उनीहरुले वताए । उनीहरुकै उत्पादक सुदिप गुरुङ कान्छा अहिले वार्वरमा पोख्त भइसकेका छन ।

 

शुसिल भन्छन नेपालमै केही गर्छु भन्ने जोश जांगर झनै पलाएको छ तरपनि नेपाली युवाहरु विदेशीने फेसन नै बनेको छ , नेपाली युवाहरु विदेश जानु नराम्रो होइन तरपनि सिप सिप सिकेर जानु राम्रो हो र वैदेशिक रोजगारमा सिकेको सिपलाई नेपालमानै प्रयोग गर्न सके झनै राम्रो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...