पोखरा, माघ १८ गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले स्वास्थ्य सवैभन्दा ठूलो धन भएको बताउनु भएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले आयोजना गरेको उत्तर प्रसुती घर भेट कार्यक्रम अन्र्तगत महानगरपािलका अन्र्तगत रहेका स्वास्थ्यचौकमिा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘स्वास्थ्य सवैभन्दा ठूलो धन स्वास्थ्य । त्यसैले महानगरले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको छ ।’
उहाँले देशका लागि स्वास्थ नागरिक आवश्यक हुने बताउदै महानगरका नवजात शिशु रआमाको स्वास्थ्य बारे जानकारी राख्न प्रसुती घर भेट कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । गर्भवतीको सुरुवाती अवस्था बारे स्वास्थकर्मीले जानकारी राख्दा आमा र शिशु दुवै सुरक्षित हुने बताउनुभयो । गर्भ अवस्थामा ध्यान नदिदाँ आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको बताउदै भन्नुभयो, महिलालाई प्रकृतिले आमा बन्ने ठूलो बदान दिएको छ तर त्यो अभिषाप पनि बन्ने गरेको छ । बच्चा जन्मदाँ मृत्युवरण गर्नुपर्ने अवस्था छ ।
त्यसैले पनि गर्भवती र प्रसुतीको अवस्थामा स्वास्थ्यकर्मीको परामर्श प्रभावकारी हुने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउन भुमिका खेल्ने बताउनुभयो । उहाँले सुत्केरी महिलाको मृत्यु भएकामा के कारणले, किन मृत्यु भयो भन्ने बारे पत्ता लगाउन उपप्रमुखको संयोजकत्वमा समिति रहने व्यवस्था सहितको कार्यविधि आएको जानकारी दिदै भन्नुभयो, त्यो कार्यविधि आएपछि पोखरामा दुई जनाको मृत्यु भएको र त्यसका कारणहरु खोज्ने काम भएको बताउनुभयो ।
महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले सुत्केरी भएको ४२ दिनसम्म आमा र शिशुलाई प्रदान गर्ने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन उत्तर प्रसुती भेट कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । नवजात शिशु र आमालाई जोगाउनुपर्छ उहाँले भन्नुभयो, ‘सरकारका योजना कार्यान्वयन गर्नेकाम स्वास्थ्यकर्मीको हो ।’