स्पोर्टस् क्यासललाई ‘मिजास एमेचुअर’ फुटसलको उपाधि

पोखरा, माघ १९ गते ।आयुष–अनुदीपको आयोजनामा पोखरामा सम्पन्न ‘प्रथम एमेचुअर मिजास फुटसल’ प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ ।पोखरा महानगरपालिका ४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेलमा सिमपानी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै होम ग्राउण्डमा क्यासलले उपाधि जितेको हो । क्यासलको जीतमा प्रशन्न श्रेष्ठ र रोशन लिम्बुले समान १÷१ गोलको योगदान दिए ।


उपाधिसँगै टिम क्यासलले शिल्ड, मेडल सहित नगद रु २० हजार प्राप्त गर्याे । भने उपबिजेता टिम सिमपानी एफसीले शिल्ड, मेडल सहित नगद रु १० हजारमा चित्त बुझायो ।कुल ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट क्यासलका प्रशन्न श्रेष्ठ सर्बाेत्कृष्ट खेलाडीका रुपमा ट्रफीबाट पुरस्कृत बने भने उपबिजेता टिमका गोलरक्षक विपिन भण्डारी उत्कृष्ट गोलरक्षकको पुरस्कारको हकदार बने ।

यसअघि फाईनल खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा भने स्पोर्टस् क्यासले दवाब सिर्जना गरेको थियो । दोस्रो हाफमा राम्रा मुभहरु बनाईरहेको क्यासलले सुशान्त गाहा मगरको एयर पासलाई सदुपयोग गर्दै प्रशन्न श्रेष्ठले पहिलो गोल गरे । उक्त गोल पश्चात सिमपानीलाई थप दवाब सिर्जना भयो । उक्त गोल पश्चात रोशन लिम्बुले सिमपानीका डिफेन्डरलाई बिट गर्दे निर्णायक दोस्रो गोल गर्दै क्यासललाई उपाधि दिलाएका थिए ।आगामी माघ २४ गते सोही स्थानमा स्पोर्टस् क्यासल प्रालिले उदीयमान खेलाडीलाई लक्षित गरि ‘प्रथम एमेचुअर क्यासल कप फाईभ ए साईड फुटसल प्रतियोगिता २०७७’ आयोजना गर्दैछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...