पोखरा, माघ १९ गते । नेपाल ओपन अन्तराष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा कास्कीबाट सहभागी खेलाडी आकृति अधिकारीले कास्य पदक जित्नुभएको छ ।
श्री कालिका तेक्वान्दो डोजाङ्कबाट सहभागीता जनाउनु भएकी अधिकारी तेश्रो हुदै कास्य पदक जित्न सफल हुुनुभएको प्रशिक्षक बोधराज गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा स्वर्ण र रजत इन्डोनेसियाका खेलाडीले जितेका छन् भने नेपालकै चौगन्डीगढी डोजाकी इन्द्रकला राई तेश्रो हुदै कास्य पदक जित्नुभएको छ ।