पोखरा, माघ २० गते । पोखरामा मंगलबार घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । गत माघ १८ गते दिउँसो अन्दाजी १२ः३० बजे पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङ बस्ने ५५ वर्षीय भुपाल रेग्मी आफ्नै घरको तेस्रो तल्ला माथिबाट अचानक तल भुईमा खस्दा घाइते हुनुभएको थियो ।
घाइते रेग्मीको उपचारका क्रममा आज दिउँसो ३ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।घटना लगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा सोही दिन १ बजे फेवासिटी अस्पताल रिफर गरी उपचार भइरहेकोमा आज निधन भएको प्रहीले जनाएको हो ।
सवारी दुर्घटनामा २ जना घाइते
मिति २०७७।१०।२० गते, अन्दाजी ०१स्४५ बजे, जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका(२ मार्किचोक स्थित पृथ्वीराजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको लु६९प ७७२१ को इल(तभकत मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमा पल्टदाँ चालक ऐ।३ बस्ने वर्ष २२को सुनिल वि।क।र पछाडि सवार ऐ।२ बस्ने वर्ष २४को साजन थापा घाईते भई उपचारको लागि अस्पताल पठाइएको,उक्त स्थानमा प्रहरी टोली खटि गइ घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।