धम्की प्रति प्रेस संगठन गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण

पोखरा, माघ २३ गते ।पोखराबाट प्रकाशित हुँदै आएको समाधान दैनिक पत्रिकाको कार्यालयलाई बमले उडाइदिने भन्दै दिइएको धम्की प्रति प्रेस संगठन नेपाल गण्डकीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका गण्डकी संयोजक सुष्मा पौडेलले एक विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित कुनै समाचारमा चित्त नबुझेमा त्यसको खण्डन र कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै पार्टी विशेषको नाम लिएर दिइएको धम्की प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गर्नुभएको छ ।

उहाँले घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग समेत गर्नुभएको छ ।यसैगरी पत्रकार महासंघ कास्की, प्रेस संगठन कास्की, प्रेस युनियन लगायत पत्रकारसँग सम्वन्धीत संस्थाहरुले समेत सञ्चारमाध्यममाथि दिइएको धम्कीको कडा आपत्ति जनाएका छन् ।

समाधानको कार्यालयमा केही दिनअघि आफूलाई विप्लव नेकपाको जनमुक्ति सेनाको सदस्य बनाउने एक व्यक्तिले टेलिफोन गरी धम्की दिएको सो मिडियाले जनाएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...