खाना नपकाएको भन्दै श्रीमतिलाई बन्चरोले हाने हत्या, पोखरा ३३ का गमबहादुर पक्राउ

पोखरा, माघ २३ गते । पोखरामा आफनै श्रीमतिको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्वर ३३ का गमबहादर पुन पक्राउ परेको कास्की प्रहरलिे जनाएको छ । पोखरा महानगरपालिका वडा नं (३३उपल्लो पुँडीस्थित गमबहादुर पुनको घरमा उनको बर्ष ४२ की श्रीमती हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको सुचना आधारमा तत्काल ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाको नाकबाट प्रहरी टोली पुगेको थियो ।

घटना स्थलको अनुसन्धान एवं मुचुल्का समेतको गरी मृतकको शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा लगिएको प्रहरीेले जनाएको छ ।अनुसन्धानको क्रममा घटनामा संलग्न मृतकको पर्वत जलजला गाँउपालिका वडा नं ७ धाईरिङ स्थायी घर भै पोखरा ३३ उपल्लो पुँडी बस्ने बर्ष ५० को गम बहादुर संलग्नता देखिएको प्रहरीले जनाएको छ । गमबहादुरको खोजतलास गरी शुक्रबार लामगादीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट मिति २०७७।१०।२२ गते अन्दाजी २०ः०० बजेको समयमा खाना नबनाएको बिषयमा एक आपसमा झैझगडा भई श्रीमानले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...