ललितानिवास काण्डका मुख्य याेजनाकार ढकाललाई सदरखोर डिल्लीबजार पठाइयो

काठमाडौं, माघ २९ गते । विशेष अदालतले ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तका रुपमा रहेका शोभाकान्त ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ । उहाँलाइ सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताउनुभयो । ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडेको थियाे ।


विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता  पाण्डेयले जानकारी दिनुभयो । ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...