पोखरा म्याराथन भोलि, १५६ धावक दौडने

पोखरा, माघ २९ गते । सफल पोखरा अन्तराष्टिय म्याराथनमा १६५ जना धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने फागुन १ गते पोखरामा आयोजना हुने म्याराथनमा चार देखका धावकले प्रतिस्पर्धा गर्ने पक्का भएको हो । मञ्चका अध्यक्ष तेजबहादुर गुरुंगले जानकारी दिनुभयो ।

त्यस्तै पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगिता अन्तर्गत यस वर्ष ४२.१९५ किलोमिटर म्याराथन र महिला २१ किलोमिटरको हाफ म्याराथन हुने छ । म्याराथनमा ४ देश नेपाल, जापान, वेलायत र उरुग्वेका खेलाडीहरु प्रतियोगितामा दौडिनेछन । विदेशी धावक भएपनि उनीहरु नेपालमै कार्यरत रहेको बताइएको छ । प्रतियोगितामा नेपालका १३ जिलाका खेलाडीहरु दौडिने छन्। बागलुङ, तनहुँ, म्याग्दी, पर्वत, लमजुङ, गोरखा, कालिकोट, रुपन्देही, दाङ, पाल्पा, स्याङ्जा, धनकुटा र ताप्लेजुङका खेलाडीले नाम दर्ता गराएका छन । त्यस्तै, विभागीय नेपाल प्रहरी र नेपाली सेनाका धावकहरुलेपनि दौडिनका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

 

यता महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथनमा ६ जिल्ला र विभागीय टोलीका धावकहरुले दौडिनका लागि नाम दर्ता गराएका छन । महिला हाफ म्याराथनका लागि गोरखा, जुम्ला, कास्की, प्यूठान, दार्चुला, बागलुङ तथा विभागीय नेपाली सेना र नेपाल प्रहरीका धावकहरुले नाम दर्ता गराएका छन । आयोजकले प्रतियोगितामा भाग लिन चाहनेले महिला धावकलाई माघ ३० गते बेलुकासम्म नाम दर्ता गर्न पाउने ब्यबस्था गरिएको मञ्चले जनाएको छ ।म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...