टाइगर कप भलिबलको उपाधि गण्डकी र पुलिसलाई

पोखरा, फागुन १ गते । प्रथम टाइगर कप क्लब राष्टिय महिला÷पुरुष भलिबल प्रतियोगिता अन्र्तगत पुरुष तर्फको उपाधि गण्डकी प्रदेश र महिलाको उपाधि नेपाल पुलिस क्लब काठमाडौले जितेको छ ।

शनिबार पोखरा रंगशालाका भलिबल कोर्टमा सम्पन्न फाइनल खेलमा गण्डकी प्रदेशले नेपाल आर्मीलाई ३–२ सेटले पन्छाउँदै उपाधि जितेको हो ।


गण्डकीले आर्मीमाथि जित निकाल्न पाँचै सेट खेल्नुपर्यो । घरेलु मैदानमा उपाधि जित्न गण्डकीले २५–२१, २१– २५, ३२–३०, २३–२५ र १५–११ को सेटमा जित्दै दश महिनापछिको पहिलो भलिबल प्रतियोगिताको उपाधि जित्यो । गण्डकीले उपाधि सहित नगद १ लाख ५० हजार, ट्रफी,पदक र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता नेपाली सेनाले ७५ हजार र ट्रफिमा चित्त बझायो ।


यता महिलाको तर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । चिरपरिचित प्रतिद्धन्द्धि सशस्त्र प्रहरीको –एपिएफ) क्लबलाई सोझो सेटमा पाखा लगाउदै उपाधि जितेको हो । पुलिसले एपिएफलाई २५–२२, २५–२२ र २५–२१ को सोझो सेटमा पाखा लगाउदै उपाधि जितेको हो । पुलिसले उपाधि सहित नगद १ लाख ५० हजार , ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी तेश्रो भयो । तेस्रो हुदै न्यु डायमण्डले ३५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार १५ हजार सेना प्राप्त गर्यो । विजेता टिमलाई राष्टिय खेलकुद परिषदका सदस्यसचिव रमेशमार सिलवाल लगायतले प्रदान गर्नुभएको थियो ।

यसैवीच नेपाली राष्टिय भलिबल टोलीकी पूर्व उपकप्तान मञ्जु गुरुङलाई सम्मान गरिएको छ । नेपाली भलिबल खेलमा दिएको योगदानको कदर गदै प्रोत्साहन सहित सम्मानपत्रले सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सम्मान गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...