पार्टी एकताको नाममा ३ बर्ष सम्म सेलाएको युवा सघलाई ३ महिना भित्र पुनः जिबित बनाउँछौ ःयुवा नेता पुन

पोखरा, फागुन १ गते ।रास्ट्रीय युवा सघ नेपालका केन्द्रिय सदस्य एबम कास्की जिल्ला इन्चार्ज बिस्नु पुनले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को एकीकरणका कारण बिगत ३ बर्ष देखि मृत्यु को शैयामा छतपताईरहेको युवा सघ नेपाललाई आगामी ३ महिना भित्र पुनः जिवित गराउने उद्द्घोस गरेका छ्न

रास्टीय युवा सघ नेपाल पोखरा १७ को प्रथम एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता पुनले अबको युग बिकास र समृद्धिको युग भएको बताउदै केपि ओलिको नेतृत्व यहि सरकारको पालामा जनतालाई अनुभव गर्ने गरि समृद्धि हासिल हुने बताए उनले सरकार र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुतिरहेको बेलामा सम्पुर्ण कार्यक्रता समर्थन शुभचिन्तकलाई निर्वाचनको अभियानमा कसिन अनुरोध गर्दै बिधिको शासन स्थापित गर्ने हो भने

निर्वाचनको जानुको बिकल्प नरहेको बताए पुर्ब स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारिको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाई नेकपा पोखरा महानगर कमिटी अध्यक्ष दिपक पौडेल, नेकपा जिल्ला सदस्य तथा युवाहरु नेता नवीन गुरुङ , सुबर्ण श्रेष्ठ नेकपा वडा १७ अध्यक्ष सुबास ढुंगाना युवा नेताहरु रामचन्द्र तिमिल्सिना, कृष्ण प्रसाद अधिकारी राजन सुवेदी लगाएतले शुभकामना मन्तब्त राखेका थिए युवा नेता बिक्रम गुरुङले संचालक गरेको कार्यक्रमको अध्यक्षता युवा नेता सिबेन्द्रराज भण्डारीले गरेका थिए । भेलाले सिब्रेन्द्रराज भण्डारीको अध्यक्षता मा आगामी २ बर्षका लागि ४१ सदस्यीय कार्यसमिति चयन भएको जानकारी युवा नेता बिक्रम गुरुङले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...