डायमण्डमा भलिबल

लेखनाथ, फागुन ७ गते । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको डायमण्ड मा.वि.मा छात्र तथा छात्राको खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनको अलावा विद्यार्थीहरुमा अन्तरनिहित क्षमता उजागर गर्ने उद्देश्यले छात्र तथा छात्रा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरिएको विद्यालय संयोजक दिनेश शर्माले बताएका छन् ।

छात्र तथा छात्रा गरि जम्मा ५ टिम सहभागी प्रतियोगितामा छात्र तर्फ कक्षा ११ प्रथम हुन सफल भएको छ । कक्षा १० लाइ २—१ को सेटमा हराउदै प्रथम हुन सफल भएको छ भने छात्रा तर्फ कक्षा १० प्रथम हुन सफल भएको छ । कक्षा ९ लाइ २—० को सेटमा हराउदै प्रथम हुन सफल भएको विद्यालयका अतिरिक्त क्रियाकलाव प्रमुख विकास लामिछानेले जानकारी दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...