पोखरा, फागुन ७ गते ।पोखराका सडक टिकाउ र बलियो बनाउन अमेरिकी प्रविधिबाट पीच गर्ने क्रम बढेको छ । पोखराको २७ किलो मिटर सडक अस्फाल्ट पीच गर्ने गरी टेण्डर प्रक्रिया भएर केही सडकको काम सम्पन्न समेत भैसकेको छ । पोखराका मुख्य सडक चिप्लेढुगा देखि सभागृहचोक, रत्नचोकदेखि सृजनाचोक र लेकसाइडदेखि जिरो किलोमिटर सडक अहिले अस्फाल्ट पीच भएका छन् ।
अस्फाल्ट पीच अन्र्तगत गण्डकी प्रदेश सरकारको लगानीमा क्याम्पिङ चोकबाट खहरेचोक सम्मको सडक अस्फाल्ट पीच सुरु भएको छ । ६ सय मिटर उत्त वीच गर्ने कार्यक्रको शुक्रबार गण्डकी प्रदेश सासद राजिब पहारीले शुभारम्भ गर्नुभयो । उक्त सडक दशदिनभित्र अस्फाल्ट पीच गरिसक्ने बताउनुभयो ।उहाँले पर्यटकीय क्षेत्र लेकसाइडका सडकहरु टिकाउ र बलिया बनाउन अस्फाल्ट पीच गरिएको बताउनुभयो । भौतिक पुर्बाधार बिकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले सडकहरु ब्यबस्थित बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो । भौतिक पुर्वाधार बिकास कार्यलायका प्रमुख दिनेश घिमिरे सडक पीचको निगरानी गर्ने बताउनुभयो ।