पोखरा, फागुन १२ गते ।पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा जनबादी गायक पदमराज ढकाल नियूक्ति हुनुभएको छ ।
देश संघयीय संरचना गएपछि पहिलो पटक स्थानीय सरकार पोखरा महनगरले प्रज्ञा प्रतिष्ठान ऐन ल्याएको थियो ।पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिको २०७७÷६÷१६ को सिफारिसका आधारमा ढकाललाई कुलपतिमा नियूक्त गरिएको पोखरा महानगरले जनाएको छ । माघ १४ गतेको नगर प्रमुख मानहादुर जिसीको आदेशाअनसार प्रज्ञा प्रतिष्ठानको ऐन २०७६ को दफा ७ बमोजिम ढकाललाई कुलपति पदमा नियूक्त गरिएको छ ।
प्रतिष्ठानको उपकुपति भने खाली राखिएको छ । उपकुलपति बाहेक सदस्यहरुमा नियुक्ती गरिएको छ । सदस्यहरुमा जीवन दाहाल, कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, मिलन शेरचन, सरास्वति श्रेष्ठ र दिलिप गायक नियूक्त हुनुभएको छ ।
प्रज्ञा प्रतिष्ठानमा उपकुलति र दुई सदस्यपछि पछि नियूत्त गरिने महानगरले जनाएको छ । प्रतिष्ठानमा दुई जना कार्यपालिका सदस्य रहने व्यवस्था रहेको छ । प्रज्ञा प्रतिष्ठानका लागि ११ जनाको नाम सिफारिस भएको थियो। पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले ११ जनाको नाम महानगर प्रमुख मानबहादुर जिसीलाई बुझाएको थियो
सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य रहनुभएको थियो ।समितिले सिफारिस गरेका ११ जनामध्येबाट ८ जना प्रतिष्ठानमा नियुक्त भएका हुन् । ११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ।
सिफारिस नामहरुबाट जिसीले कुलपति र परिषद सदस्य एवं सदस्यहरु चयन गर्नुभएको हो । सिफारिस ११ जना भए पनि ऐनले कुलपति र उपकुलपतिसहित ८ जना सदस्य सम्बन्धित क्षेत्रबाट चुनिने व्यवस्था गरेको छ। प्रतिष्ठानको संरक्षक महानगर प्रमुख जिसी रहने व्यवस्था छ । महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ।