आजदेखि बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिता

पोखरा, फागुन १६ गते । बुद्धटोल युवा क्लब बगरको आयोजनामा आजदेखि चौथो बिरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता सुरु हुदै छ । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुने बृद्धटोल युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो ।


पोखराको टुडिखेलमा “वर्तमान आधुनिक समाजको स्वरुप संरचना र समाजिक ज्ञान शिक्षा र स्वास्थ्यको लागि खेलकुद” भन्ने नारा सहित क्लबका सदस्य स्व. बिरेन गुरुङको स्मृतिमा १४ औं बिटि कप प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टिमले ट्रफि , मेडल, तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २सय २२ रुपैया प्राप्त गर्ने क्लबका प्रचारप्रसार संयोजक अमृत गुरुङले जानकारी दिनुुभयो ।

 

गुरुङका अनुसार उपबिजेता टिमले ट्रफि , मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २सय २२ रुपैया प्राप्त गर्ने छन् । गुरुङले प्रतियोगितामा बिद्यागत पुरस्कार तर्फ म्यान अफ दि म्याचलाई ट्रफि प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, हाईस्कोरर डिफेण्डरलाई ३ हजार र अनुशासिशत टिमले ७ हजार प्राप्त गर्नेछन ।प्रतियोगितालाई बि।टी हङकङ, र बिटी युके सहप्रायोजक रहेको छ । प्रथम पुरस्कारको राशी स्वर्गीय विरेन गुरुङको पत्नी अनिता गुरुङले प्रायोजन गर्नभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...