पोखरा, फागुन १६ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुह निकट अनेरास्ववियूले आइतबार पोखराका विभिन्न क्याम्पस अगाडी विरोध प्रर्दशन गरेको छ । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक टेलिभिजनमा अन्र्तवाता दिने क्रममा काँग्रेस, जसपा र आफनो समुह मिलेर सरकार बनाउदाँ भारत र चिनलाई कम्फट फिल हुने बताएका थिए ।
सोही अभिब्यक्तिको विरोध गदै ओली निकट अखिलले पोखराका विभिन्न क्याम्पस अगाडी प्रर्दशन गरेको हो । पोखराका बिभिन्न आंगिक क्याम्पसहरुमा अनेरास्ववियुले बिरोध गरेको हो । अध्यक्ष दाहालको बिदेशी लम्पसारवादका बिरोधमा कास्की जिल्ला अन्तर्गतका पृथ्वीनारायण क्याम्पस, पोखरा बिश्वविद्यायालय केन्द्रीय क्याम्पस, पोखरा बनबिज्ञान अध्ययन सस्थान , जनप्रिय बहुमुखी क्याम्पस, पोखरा इन्जिनियरिङ क्याम्पस विरोध कार्यक्रम सम्पन्न गरेको अनेरास्ववियू कास्कीका संयोजक विजयय पौडेलले जानकारी दिए ।
पछिललो क्रममा उनले दिएको अभिव्यक्तिले बाह्य इशारामा आफनै पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओली विरुद्ध लागेको आरोप प्रचण्डलाई लागेको छ । यसैबीच प्रधानमन्त्री ओलीको समर्थन र प्रचण्डको बिरोधमा बिभिन्न नारा लेखिएका पम्प्लेट सहित बिधार्थीहरुले बिरोध जनाएका थिए ।उनीहरुले नेपाल र नेपालीलाई कम्र्फट हुने सरकार चाहिएको बताएका थिए ।