स्याङ्जा: आगलागीबाट क्षती
मिति २०७७।१२।१३ गते, अन्दाजी १३:३० बजे, जिल्ला स्याङ्जा गल्याङ नगरपालिका-७ दारेगौडा स्थित लसुने खोलाको पाखो जंगलबाट लागेको आगो अचानक ऐ.बस्ने वर्ष ७० को भागीरथी पाण्डेको खरले छाएको,माटो र ढुङ्गाले बनेको २ तले घर,घर संगै जोडिएको खरले छाएको १ तले गोठमा आगलागी हुँदा सोही गोठमा रहेको ७ वटा वाख्रा जली मरेको,१ वटा बाख्रा घाईते भएको,सोही आगोलागिबाट ऐ.बस्ने वर्ष ७१ को चन्द्र प्रसाद पाण्डेको खरले छाएको १ तले घर र निजको खरले छाएको गोठ समेत जली नष्ट भएको,८ वटा बाख्राको मरेको,४ वटा बाख्राको घाईते,अन्य मानविय क्षती नभएको,ऐ.१४:१५ बजे घर र गोठमा लागेको आगो नियन्त्रणमा आएको,पाखोमा लागेको आगो नियन्त्रणमा आउन बाँकी,निभाउने कार्य जारी, घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।
नवलपरासी पूर्व: सवारी दुर्घटना
मिति २०७७।१२।१३ गते, अन्दाजी ०९:०० बजे, जिल्ला नवलपरासी पुर्व गैडाकोट-४ कांग्रेसचोक नजिकै पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ४ ख ३४६७ नं.को स्कुल बसले पैदल यात्री जिल्ला नवलपरासी पुर्व बुलिङटार गाँउपालिका-३ बस्ने वर्ष ४०को निरज बास्ताकोटीलाई ठक्कर दिदा घाईते भई उपचारको लागि भरतपुर नया मेडिकल कलेज चितवन पठाईएको, अवस्था गम्भिर,घटनास्थलमा प्रहरी टोली खटि गई बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
मिति २०७७।१२।१३ गते, अन्दाजी०५:०० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका-२७ डाँडाकोनाकमा खटिएको प्रहरी चेकिङ टोलीले बिरगंजबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९७५८ नं.को बस चेकजाँच गर्ने क्रममा सोही बसमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका-२ अर्चलबोट बस्ने वर्ष २१ को राहुल श्रेष्ठको साथबाट अबैध लागूऔषधनुरफिन ६ थान,डाईजपाम ६ थान र फेनरागन ६ थान गरी जम्मा १८ थान फेला पारी उक्त लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
बिनोद सिलवाल
(प्रहरी उपरीक्षक) मो.न.:- ९८५६०८८०९०
|
पोखरा मिति २०७७।१२।१३गते।