पोखरा, चैत १३ गते ।नेपाल पत्रकार महासंघको निर्वाचन अन्यौलमा परेको छ । महासंघले निर्वाचनको मिति चैत २५ गतेलाई घोषणा गरेपनि सदस्य वितरणमा विवाद देखिएपछि निर्वाचन हुने नहुने अन्यौलता छाएको छ। विधापरित सदस्यता स्वीकृत गरेको भन्दै सत्तारुढ दल नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीले निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाएको छ । यसले निर्वाचन हुनेमाम आशका बढाएको छ । निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारी दर्ताको समय शनिबार तोकिएको भएपनि शुक्रबार चौतारीले विरोध जनाएपछि २५ गते निर्वाचन नुहने पक्का जस्तै देखिन्छ ।
प्रेस चौतारी नेपालले विधानसम्मत ढंगले सदस्यताको टुंगो लगाउन जोडदार माग गरेको छ । प्रेस चौतारीले केन्द्रीय निर्वाचन समितिलाई शुक्रबार ज्ञापनपत्र बुझाउदै विधानमा भएका प्रष्ट व्यवस्था र नयाँ सदस्यता प्रदान गर्न महासंघबाटै तोकिएको विधि, प्रक्रिया र मापदण्ड विपरित सदस्यता स्वीकृत तथा अन्तिम नामावली प्रकाशित नगर्न आग्रह गरेको छ । चौतारीले विनम्रता पूर्वक गरिएको आग्रह विपरित अगाडी बढे नेपाल पत्रकार महासंघको गरिमा र सदस्यहरुको हक, अधिरका रक्षाका लािग कठोर कदम चाल्न बाध्य हुने जानकारी गराएको छ ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघको विनधान २०६०(पाँचौ संशोधन२०७५)को परिच्छेद २ को ५(८) मा नयाँ सदस्यता स्वीकृत अनुमोदन र स्थानान्तरण गर्ने कार्य सम्वन्धित समितिको निर्वाचन हुनुभन्दा ६ महिना पहिलो भइसक्नुपर्ने छ भन्ने व्यवस्था रहेको उल्लेख गदै तर त्यस निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा महासंघको विधानमा भएको व्यवस्था विपरित मनोमानी ढगले पक्षधरताका आधारमा आग्रह पूर्वाग्रह राखी अध्यक्ष र महासचिवलेपठाएको नामावलीलाई नै जस्ताको तस्तै प्रकाशन गरेको पाइएको अध्यक्ष बस्नेतले आरोप लगाएका छन् ।