अनलाइन पत्रकार संघ गण्डकीको पदस्थापन, संघलाई थप व्यवस्थित बनाउने प्रतिवद्धता

पोखरा ।अनलाइन पत्रकार संघ गण्डकीको पदस्थापन सम्पन्न भएको छ । संघको साधारण सभा तथा प्रथम अधिवेशनबाट चयन भएका पदाधिकारीहरुको आज पदस्थापन भएको हो ।पदस्थापन कार्यक्रममा संघका नि.सल्लाहकार रामजी प्रसाद लम्सालले अनलाइन सञ्चारमाध्यममा देखिएका समस्याको समाधान निकाल्न एकद्वार प्रणाली आवश्यक रहेको बताए । उनले भने –‘अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित तथा सहज बनाउन एकद्वारा प्रणाली आवश्यक छ । अव दर्ता तथा नविकरण गर्न काठमाडौं नै जानुपर्ने बाध्यतालाई हटाउनुपर्छ । यसमा संघको नयाँ कार्यसमितिले महत्वपूर्ण भुमिका खेल्नुपर्छ ।’


त्यसैगरि निर्वाचन समितिका संयोजक केशव पाठकले संघलाई अझ क्रियाशिल बनाउँदै अनलाइन सञ्चारमाध्यममा काम गरिरहेका पत्रकारलाई तालिम तथा प्रशिक्षण दिनुपर्ने औल्याए । संघले सवैले गर्व गर्न लाएक कार्यक्रमहरु ल्याउनुपर्ने उनको जोड थियो ।त्यस्तै निर्वाचन समितिका सदस्य प्रकाश ढकालले संस्थाको हितका लागि संघ अगाडी बढ्नुपर्ने बताउँदै नवनिर्वाचित टिमलाई शुभकामना व्यक्त गरे ।

पदभार गह्रण गर्दै संघका अध्यक्ष कमल सुवेदीले अनलाइन सञ्चारमाध्यममा देखिएका समस्यालाई हटाउँदै थप व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे । अनलाइनमा आवद्ध पत्रकारको पक्षमा संघले योगदान गर्दै जाने समेत उनले बताए ।संघको फागुन २८ गते भएको अधिवेशनबाट अध्यक्षमा कमल सुवेदी, उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे तथा सदस्यमा सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, अर्जुन थापा र राजु गिरी चयन भएका थिए ।

पदस्थापन पश्चात बसेको संघको पहिलो बैठकबाट सल्लाहकार समेत चयन गरेको छ । जसमा गणेश बराल, केशव पाठक, रामजी प्रसाद लम्साल, प्रकाश ढकाल, दिनानाथ बराल, सागरराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र नेपाल पत्रकार महासंघ कास्की शाखा रहेको छ ।
त्यस्तै बैठकले २०७८ बैशाख १८ गते अन्तिम मिति राख्दै अनलाइन सञ्चारमाध्यममा आवद्ध पत्रकारलाई नयाँ सदस्यता आह्वान समेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...