पोखरा, चैत १४ गते । नेपाली काँग्रेस कास्कीले पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधनले पार्टीलाई स्तब्ध बनाएको जनाएको छ ।कास्की काँग्रेसका सभापति कृष्ण केसीले शनिवार जारी गरेको शोक विज्ञप्तिमा नेता जोशीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख छ ।
पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, शालिन व्यत्तित्व, कुशल संगठक, इमान्दार, त्यागी, कार्यकर्ता र जनताका बीचमा लोकप्रिय नेता जोशीको निधनले शुभेच्छुक र प्रजातन्त्रवादीलाई स्तब्ध बनाएको शोक विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै आमा, धर्मपत्नी, परिवारजन र आफन्तमा समवेदना व्यक्त गरिएको छ ।