सरकारसँग वार्ता गर्न विप्लव समूहले दुई सदस्यीय वार्ता टोली गठन

काठमाडौं, फागुन १८ गते । सरकारसँग वार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । यसअघि आजै सरकारले पनि वार्ता टोली गठन गरेको थियो । त्यस लगत्तै सो समूहले वार्ता टोली गठन गरेको घोषणा गरेको हो ।


सो समूहले पार्टी केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी गराएको छ । वार्ता टोली सदस्यमा सो समूहका केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहनुभएको छ ।


पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्तामा बस्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...