गण्डकी प्रदेश प्रहरी गतिविधि

नवलपरासी(पूर्व) : गैंडाको आक्रमणबाट मृत्यु

मिति २०७७।११।२० गते, अन्दाजी ०९:४५ बजे, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका-१२ नयाँबेलाहानी बस्ने वर्ष ४४ कि फविसरा वि.क. खेतमा घाँस काट्ने क्रममा अचानक पछाडिबाट गैँडाले आक्रमण गर्दा सोही स्थानमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गइ घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ।

नवलपरासी(पूर्व) : लागूऔषध सहित मानिस नियन्त्रणमा

मिति २०७७।११।२० गते, अन्दाजी १०:३० बजे, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका-१५ भंडरा खोला स्थित पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरीको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बस चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला चितवन भरतपुर-१३ बस्ने वर्ष २५ को नितेश ठकुरी, वर्ष २१ को साजन श्रीमल र वर्ष २० को राजेन्द्र खडकाको साथबाट नुर्फिन ११० एम्पुल, फेनरागन ११० एम्पुल र डाइजापाम ११० एम्पुल गरी ३३० एम्पुल लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिइ घटनाका बिषयमा थप अनुसन्धान भइरहेको  ।

तनहुँ: सवारी दुर्घटना

मिति २०७७।११।२० गते, अन्दाजी ०५:५० बजे, जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका-२ खानिखोला स्थित पृथ्वी राजमार्गमा बिग्रेर रोकि राखेको ग १ ख ८५९८ नं.को ट्रकको पछाडी डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प २९२९ नं.को मोटरसाइकल ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला धादिङ सिद्धलेख गाउँपालिका-१ बस्ने वर्ष ३० को प्रकाश अर्याल घाईते भई उपचारको लागि हाडजोर्नि अस्पताल आँबुखैरेनि ल्याईएको, अवस्था मध्यम, घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...