काठमाडौं, फागनु २१ गते । तेजाव आक्रमण विरुद्ध सक्रिय नेपाली किशोरी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिएको छ ।
तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि सो पुरस्कार प्रदान गरिएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल घोषण कार्यक्रमको आयोजना गर्नुहुने जनाइएको छ ।
हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्राय ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गर्ने गरिन्छ ।