पोखरा, फागुन २२ गते । पोखरामा अन्र्तराष्ट्रियस्तरको “वीर योद्धा” मुवाथाई च्याम्पियनसिप आयोजना हुने भएको छ । नयाँ वर्षको सुरुवातसंगै पोखरामा च्याम्पियनसिप आयोजना गर्ने तयारी भैरहेको आयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । २०७८ बैशाख १० गते पोखरा रंगशालामा च्याम्पियनसिप आयोजना हुने भएको हो । साँझ ५ः३० देखि राती १० बजेसम्म च्याम्पियनसिप आयोजना हुने भएको हो ।
नेपालमा आयोजना हुने अन्य खेलकुदका प्रतियोगिता भन्दा फरकशैलीमा आयोजना गरिने आयोजकले दावी गरेको छ । च्याम्पियनसिपका विजेताले १ लाख, बल्ट र अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने तय भएकोर प्रतियोगिताको मितिसम्म पुरस्कार राशी बृद्धि गर्ने योजना समेत रहेको आयोजक क्षेत्रीले बताउनुभयो ।
च्याम्पियनसिपमा विभिन्न पाँच तौल समुहमा थाइल्याण्ड, भारत, नेपालका चितवन काठमाडौ र पोखराका प्रो फाइटरहरुको सहभागीता रहने बताइएको छ । प्रतियोगिताको टेलिभिजन, सामाजिक सञ्जाल फेसबुकबाट लाइभ हुने छ । च्याम्पियनसिपका लागि राष्टिय मुवाथाई एशोसियसन र विश्व मुवाथाई फेडरेसशनबाट स्वीकृति लिएर आयोजना गरिएको हो । च्याम्पियनसिप सम्पन्न गर्न करिव ४७ लाख ५० हजार खर्च लाग्ने अनुमान गरेको आयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । च्याम्पिनयसिपलाई राष्टिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहने आयोजकले विश्वास लिएको छ ।