पत्रकार कमल पौडेल मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पोखरा, फागुन २३ गते। पोखराका पत्रकार कमल पौडेल अथक मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । स्याङ्जाको पुतलीवजार नगरपालिका ५, पवैगौंडेमा अवस्थित शितला माविकोे ४७ औं वार्षिकोत्सवको अवसरमा सो पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।

विद्यालयमा स्थापित मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो पुरस्कारको राशी नगद रु १० हजार, र सम्मान पत्र रहेको छ । पुतलीवजार नगरपालिकाका उपप्रमुख महेश पुरी, र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रवहादुर कार्कीले माला, खादा, नगद र सम्मान पत्रले पुरस्कृत गर्नुभएको हो ।

 

विगत दुइ दशकदेखि पोखरामा पत्रकारिता गर्दै आउनु भएका पत्रकार अथकलाई यो वर्ष सो पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग कार्कीले जानकारी दिनुभयो । पुरस्कृत पत्रकार कमल पौडेल अथक रेडियो सराङ्कोटका समाचार प्रमुख, समयदृष्टि अनलाइनका सम्पादक समेत हुनुहुन्छ ।

 

नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य समेत रहनु भएका अथक यसअघि दर्जनौ सम्मान तथा पुरस्कारबाट पुरस्कृत भैसक्नुभएको छ । पत्रकार अथकले उक्त पुरस्कारले आफूलाई पत्रकारिता क्षेत्रमा थप हौसला मिलेको वताउनुभयो । २०६८ सालदेखि पत्रकारिता र सात्यिीक क्षेत्रका एक एक जना प्रतिभालाई वार्षिक रुपमा सो पुरस्कार वितरण गर्दै आएको ट्रष्टका संरक्षक प्रकाशजंग कार्कीले जानकारी दिएका छन् ।

 

सो अवसरमा साहित्य तर्फको पुरस्कार डा यामवहादुर पौडेल क्षेत्रीलाइ प्रदान गरिएको छ । सो पुरस्कारको राशी पनि नगद रु १० हजार, र सम्मान पत्र रहेको छ । कार्यक्रममा ट्रष्टद्धारा संञ्चालित विभिन्न गरी ४१ हजार वरावरको पुरस्कार प्रदान गएिको थियो ।कार्यक्रममा क्यालिफोनिर्यामा रहेका इन्जिनियरद्धय विवेक जंग कार्की र अजय श्रेष्ठले विद्यालयलाई माष्टर प्रोजेक्ट हस्तान्तरण गर्नुभयो । त्यस्तै इन्जिनियर विवेक जंघ कार्कीले उत्कृष्ट अंक ल्याउने विवेक रेग्मी र टीका शाहीलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गर्नुभयो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक भीमप्रसाद शर्मालाई ट्रष्टले पाँचहजार राशी सहित सम्मान गरिएको थियो ।

 

त्यसैगरी कलाकार तारावहादुर गुरुङलाई पनि विद्यालयले सम्मान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पुतलीवजार नगरपालिकाका उपप्रमुख महेश पुरी, पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग काकी, प्रधानाध्यापक एवं सदस्य सचिव भीमप्रसाद शर्मा र वडाध्यक्ष रामचन्द्र रेग्मी, शिक्षक कृष्णप्रसाद लामिछाने, अप्सरा गोदार, विद्यार्थीद्धय अनिषा थापा, सन्दीप कार्की लगायतले वोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...