पोखरा, फागुन २३ गते । नेकपा एमाले र एमाओबादी केन्द्र एकिकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सर्वोच्चले खारेज गरेपछि पुरानै पार्टी ब्यूतिएका छन् । सर्वोच्चको निर्णयले तत्कालीन नेकपा एमालेका कार्यकतामा खुशी छाएको छ ।
नेकपा एमाले ब्यूतिएको भन्दै नेता कार्यकताले खुशी मनाउदै पोखरामा दीप प्रज्वलन गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडी दीप प्रज्वलन गदै नेकपा एमालेको पक्षमा नाराबाजी गरेका छन् । अनेरास्ववियूको आयोजनामा दीप प्रज्वलन गरिएको थियो । उनीहरुले नेकपा एमाले जिन्दाबाद, आज होइन भोलिलाई दश वर्ष ओलीलाई र सूर्य चिन्ह हाम्रो हो लगायतका नारा लगाएका थिए ।