पोखरा, फागुन २३ गते । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लव टी–२० क्रिकेट लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्रिकेट एशोसिएसन अफ चितवन र पेलिगेण्ट्स क्रिकेट क्लव भिड्ने भएका छन् । दोश्रो सेमिफाइनलमा आयोजक सुपर जनरल पोखरा र जनकपुर क्रिकेट क्लव आमने सामने हुने पक्कापक्की भएको हो ।
समुह‘बि’को अन्तिम खेलमा जनकपुरले मिक्समाण्डु क्लव काठमाण्डौलाई ५ विकेटले पराजित गरेपछि समुहमा ६ अंकका साथ शिर्षस्थान कायम गर्दै सेमिफाइनलमा स्थान बनाएका हो । जनकपुरले समुहका तीनवटै खेलमा शतप्रतिशत नतिजा निकाल्दा समुहमा दोश्रो स्थान कायम गर्दै सेमिफाइनल पुगेको पेलिगेण्ट्सले २ खेलमा जित हाँसिल गर्दै ४ अंक बनाउन सफल भयो ।
लिगको अन्तिम खेलमा टस जितेर व्याटिङ गरेको मिक्समाण्डुले पुरा २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । मिक्समाण्डुको तर्फबाट शुव कंसाकारले २८, रिजन थापाले १७ तथा सचिन अधिकारीले १४ रन बनाए । जनपुरका बलरहरु शोभाकान्त पाण्डेले ३ तथा राहुलप्रताप सिंह र विशाल सुस्लिङले २÷२ विकेट लिए ।
जितका लागि ९१ रनको लक्ष्य लिइ व्याटिङमा उत्रिएको जनकपुरले १८.२ ओभरमा मात्रै ५ विकेट गुमाएर जित निकाल्यो । म्यान अफ द म्याच भएका जनकपुरका राहुल प्रताप सिंहले ३३ रन जोडे भने विक्रान्त यादवले २७ रनको पारी खेलेका थिए । पेलिगेण्ट्सको बलिङमा रुपेश श्रीवास्तव र शुव कंसाकारले २÷२ विकेट लिए । पहिलो सेमिफाइनल खेल सोमबार तथा दोश्रो सेमिफाइनल खेल मंगलबार हुने प्रतियोगिताका निर्देशक विधान श्रेष्ठले जानकारी दिए ।