पिएम कप : लेखनाथ विजयी

पाेखरा ।पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ ।


कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र लेखनाथमा खेलाइएको छ । प्रतिकुल मौसमका कारण पोखरा क्रिकेट मैदानमा २५ ओभरको खेलमा पोखरा क्रिकेट लेखनाथ युथ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई लागि ४५ रनले हराएको हो ।

 

माछापुच्छ्रे १६.१ ओभरमा ७० रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छ्रेका लागि अनिश जिसीले सर्वाधिक २१ रन लिए । रितेश बरालले ११ रन बनाए भने कविन सापकोटा र प्रमोद बास्तोलाले समान ५÷५ रन बाहेक अन्य व्याटर चल्न सकेनन् ।

 

लेखनाथका लागि शाहिल पौडेलले ४, सज्जन क्षेत्रीले ३, सुशिल सुवेदीले २ तथा सुवाष बास्तोलाले १ विकेट लिए ।

 

त्यसअघि टस जितेर ब्याटिङ थालेको लेखनाथले २० ओभरमा ८ विकेट गुमाउँदै कुल १०७ रन बनायो । लेखनाथका लागि देव यादवले २८, प्रताप थापाले २५, राजकुमार छन्त्यालले १९ रन बनाए । माछापुच्छे्रका लागि रितेश बरालले सर्वाधिक ५ विकेट लिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...