सरकारविरुद्ध गतिविधि गरे एमालेको विधान बमोजिम कारबाही गर्ने नेता नेम्वाङको चेतावनी

फाइल

काठमाडौँ– पुनर्स्थापित नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अब नेकपाको सांसदको नाममा कुनै पनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

उनले पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर लैजान प्रधानमन्त्रीले पहल गर्ने समेत बताएका छन् ।

उनले संसदमा अब नेकपा नरहेको बताउँदै आफूहरुलाई अब नेकपा नभन्न समेत आग्रह गरेका छन् ।

नेम्वाङले भने, ‘अब नेकपा छैन, हामीलाई पुनःस्थापित नेकपा एमाले भन्नुस्, उहाँहरूलाई माओवादी केन्द्र भन्नुस् ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...