पोखरा, माघ १६ पोखराको सूचना प्रविधि (IT) व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले CAN Federation Kaski को आयोजनामा “B2B Summit 2025” हुने भएको छ। व्यवसायी तथा प्रविधि क्षेत्रका अग्रणी कम्पनीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम २०८१ माघ १८ गते शुक्रवारका दिन ग्यालेक्सी ब्याङ्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि., पोखरा-१७, बिरौटा मा हुनेछ।
सूचना प्रविधि क्षेत्रमा व्यवसाय गर्ने, लगानी गर्न चाहने, तथा प्रविधि क्षेत्रमा नयाँ अवसर खोजिरहेका उद्यमीहरूका लागि यो कार्यक्रम विशेष उपयोगी हुने बताइएको छ। विशेष गरी पोखराका सूचना प्रविधि (IT) व्यवसायहरू लाई लक्षित गरेर CAN Federation Kaski ले यो B2B समिट आयोजना गरेको हो।
कार्यक्रम सूचना प्रविधि सम्बन्धी नवीनतम प्रविधिहरू, व्यावसायिक अवसरहरू, डिजिटल परिवर्तनका प्रभावहरू, र आईटी व्यवसायलाई अगाडि बढाउन सकिने रणनीतिहरूमा केन्द्रित रहनेछ। पोखरालाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न सकिने सम्भावनाहरूको खोजी गर्न यो कार्यक्रम महत्वपूर्ण भूमिका खेल्ने क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले बताए ।
“B2B Summit 2025” मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरू, स्टार्टअपहरू, तथा प्रविधि क्षेत्रमा कार्यरत व्यक्तित्वहरूबीच प्रत्यक्ष भेटघाट, सहकार्यका अवसर, र व्यवसाय विस्तारका सम्भावनाहरूबारे छलफल हुनेछ।
यस कार्यक्रमको शीर्ष प्रायोजक युनिटेक (Unitek) रहेको छ भने Nexgen IT Solutions Pvt. Ltd., HMC Nepal Pvt. Ltd., UNV, Eagle Tech Nepal, र TechWorld Distribution जस्ता प्रतिष्ठित कम्पनीहरू B2B पार्टनर का रूपमा सहभागिता जनाउँदैछन्।
कार्यक्रमको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ग्यालेक्सी ब्याङ्क्वेट (Hospitality Partner), होटल देजा-भू (Hotel Partner), सोल्टी (Drinking Water Partner), र GS Print & Suppliers (Printing Partner) को रूपमा विशेष सहकार्य रहेको कार्यक्रम पोखरामा आईटी व्यवसायमा संलग्न उद्यमीहरू, सफ्टवेयर तथा हार्डवेयर विकासकर्ताहरू, तथा डिजिटल प्रविधिका सेवा प्रदायकहरूका लागि महत्वपूर्ण हुने र IT क्षेत्रमा नयाँ लगानीका अवसरहरू पत्ता लगाउने, व्यवसाय विस्तार गर्ने, तथा प्रविधिको नवप्रवर्तनलाई आत्मसात गर्ने चाहने व्यवसायीहरूका लागि यो B2B Summit एउटा उत्कृष्ट मञ्च बन्ने कुरा UNV का नेशनल सेल्स म्यानेजर सर्दक अधिकारीले जानकारी गराउनुभएको छ।