पोखरा, फागुन २४ गते । पोखरामा पहिलो पटक मुआथाईको अन्तराष्ट्रिय सेमिनार तथा मुआथाई राष्टिय च्याम्प्यिनसिप आयोजना हुने भएको छ । मुआथाई संघ केन्द्रको सहयोग, मुआथाई संघ गण्डकी र कास्कीको संयुक्त आयोजनामा चैत २४ देखि ३१ सम्म सेमिनार र च्याम्पियसिप हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
सेमिनारमा नेपाल, भारत लगायत देशका दुई सय जना सहभागी हुने मुआथाई संघका केन्द्रीय महासचिव सुदिप पण्डितले जानकारी दिनुभयो । पोखरा रंगशालामा आयोजना हुने सेमिनारमा थाइल्याण्डबाट प्रशिक्षक, निर्णायक र मुआथाईका प्रतिनिधि गरी चार जना आउने महासचिव पण्डितले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल मुआथाईका केन्द्रीय उपाध्यक्ष दीपकबहादुर गोदारका अनुसार नेपालका सातै प्रदेशबाट खेलाडी तथा प्रतिनिधि सहभागी हुने छन् । च्याम्पियनसिपमा ४५ देखि ९१ केजी तौलसमुहमा प्रतिस्पर्धा हुने उपाध्यक्ष गोदारले बताउनुभयो । सेमिनार तथा म्याम्पियनसिपका लागि करिव ४० लाख खर्च लाग्ने संघका केन्द्रीय कोषाध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो ।
खर्च व्यवस्थापनका लागि खेलाडीहरुबाट शुल्क लिइने छ भने खेलकुद परिषद, प्रदेश सरकार र स्थानीय सरकारसंग सहयोगका लागि अनुरोध गरिने श्रेष्ठले बताउनुभयो । खेलाडिहरुलाई आवास व्यव्स्थापनको सुविधाका साथै उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार,ट्रफि, मेडल प्रदान गरिने बताइएको छ । अन्तराष्टिय रुपमा खेलाडी र प्रशिक्षक उत्पादन र नेपालमा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।