महानगरको स्थापना दिवशको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न

पोखरा, फागुन २५ गते । पोखरा महानगरपालिका कार्यालयले आफ्नो पाँचौ स्थापना दिवशको अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगिता सम्पन्न गरेको छ । जस अन्र्तगत महानगरद्धारा आयोजित अन्तर कार्यालय भलिबल प्रतियोगिताको उपाधी प्रशासन महाशाखाले जितेको छ । स्वास्थ्य महाशाखाको टोलीलाई पराजित गर्दै फाइनलमा पुगेको प्रशासन महाशाखाले जनप्रतीनिधीको टोलीलाईं २५–२१ र २५– २३ को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।


महिला जनप्रतिनीधि भर्सेस् कर्मचारीका विचमा सम्पन्न भलिवल प्रतियोगिताको उपाधी समेत कर्मचारीकै पोल्टामा परेको छ । उप–प्रमुख मञ्जुदेवी गुरुङ्को कप्तानीमा खेलमैदान प्रवेश गरेको टोलीलाई २५–१९, २३–२५ र २५–२१ को सेटमा पराजित गरेको हो ।यस्तै, फुटबलतर्फ महानगरका प्रमुख प्रशासकीय अधिकृतको टोली विजयी भएको छ । महानगरका प्रमुख मान बहादुर जिसीको कप्तानीमा मैदान ओर्लिएको जनप्रतिनीधिको टोलीलाई महानगरकै प्रमुख प्रशासकीय अधिकृतको कप्तानीमा मैदान उत्रिएको कर्मचारीको टोलीले ४–२ गोलअन्तरले पराजित गरेको हो ।

सोहि अवसरमा आयोजित अन्तर कार्यालय ब्याडमिन्टन डबल्सतर्फको उपाधी मन क्षेत्री र रामजी केसीले हात पारेका छन् । फाइनलमा चिरञ्जिवी पौडेल र शिव कार्कीको टोलीलाई २१–१८ र २१–११ को सोझो सेटमा पराजित गर्दै उनीहरुले सो उपाधी हात पारेका हुन् । ब्याडमिन्टन डबल्समा महिलातर्फको उपाधी उशा किरण रोकाया र मनकला खनालको टोलीले हात पारेका छन् । उनीहरुले सविना श्रेष्ठ र भोजकुमारी थापाको टोलीलाई २१–१९ र २१–१८ को सेटमा पराजित गरेका हुन् । महानगरपालिकाले रक्तदान कार्यक्रम,विभिन्न खेलकूद प्रतियोगिताका साथै बुधबार पोखरा सभागृहमा विशेष समारोहको आयोजना गरेर पाँचौ स्थापना दिवश मनाउने जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...