गण्डकी प्रदेश प्रहरी गतिविधि तथा घटनाहरू

बागलुङ : आगोलागी

मिति २०७७।११।२८ गते, अन्दाजी ०७:०० बजे, जिल्ला बागलुङ गल्कोट नगारपालिका-४ पाखापानी बस्ने हिरा बहादुर खत्रीको ढुङा र माटोले बनेको कच्चि २ तले गोठमा भैंसीलाई कुडो पकाउने क्रममा गोठ भित्र रहेको बाख्राको खोरमा अचानक आगोलागी हुँदा २ वटा बाख्राको मृत्यु भएको ,३ वटा गम्भिर घाईते भएको, जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आगो नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की : सवारी दुर्घटना

मिति २०७७।११।२७ गते, अन्दाजी २३:३० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका-८ आलुमाईला चोक नजिकै ग१५प २०१५ नं.को मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उक्त मोटरसाईकल चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी गाँउपालिका-५ घर भई हाल पोखरा १७ घारीपाटन बस्ने वर्ष २३ को सागर सुनार र पछाडी सवार वर्ष २१ को पारस सुनार  घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी पठाईएको, घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...