मुआथाई संघ कास्कीको अध्यक्षमा प्रदीप पहारी

पोखरा, फागुन २८ गते ।नेपाल मुआथाई संघ कास्कीको अध्यक्षमा प्रदीप पहारी चयन हुनुभएको छ । शुक्रबार पोखरामा सम्पन्न दोश्रो अधिवेशनले पहारीलाई आगामी दुई वर्षको लागि निर्विरोध चयन गरेको हो । संघको सचिवमा सनम गुरुङ चयन गरेको भने अन्य पदाधिकारी पछि तोक्ने संघले जनाएको छ । संघको सदस्यहरुमा जोन परियार, सागर गुरुङ, सन्दीप बरुवाल चयन हुनुभएको छ ।

संघको अधिवेशन सम्पन्न गर्न खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, खेलकुद पत्रकार धन बस्नेत, शंकर भण्डारी र संंघका केन्द्रीय प्रतिनिधि दीपकबहादुर गोदार रहेको निर्वाचन समिति गठन गरिएको थियो । संघका अध्यक्ष अव्राहम खानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमममा मुआथाई संघका केन्द्रीय प्रतिनिधि दीपकबहादुर गोदार, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एकराज गिरी, संघका सचिव देवेन्द्रराज सुवेदी लगायतले बोल्नुभएको थियो ।

 

नबनिर्वाचित अध्यक्ष प्रदीप पहारीले मुआथाईलाई विगतमा भन्दा थप सक्रिय बनाउदै खेलाडीहरुलाई खेल जीवनबाटै बाच्ने वातावरण सृजनाका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गनुभयो । मुआथाई संघलाई कास्कीको नमुना र उत्कृष्ट संघ बनाउने गरी काम गर्ने अध्यक्ष पहारीले विश्वास ब्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...