वालिङमा युआरएलको शाखा

पोखरा, फागुन २९ गते ।गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) प्रदेशभरि सेवा विस्तारमा जुटेको छ ।

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा सुरु गरेको हो ।वालिङ, गल्याङ, भीरकोट, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । युआरएलको शाखा वालिड नगरपालिका वडा नं. ८ तल्लो वालिङमा छ ।

पोखराकै हस्पिटलचोकमा पनि शाखा खोल्ने युआरएलको तयारी छ । आगामी वैशाख पहिलो साता हस्पिटलचोक शाखाले सेवा दिने अध्यक्ष पन्तले बताए । उनले भने, ‘सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अघि बढेको युआरएल गण्डकी प्रदशका मुख्य बजारमा शाखा स्थापना गरी सबैलाई गुणस्तरीय सेवा दिन प्रतिवद्ध छ ।

 

शाखा सुरुआतको अवसरमा रक्त परीक्षणमा विशेष छुटको समेत व्यवस्था रहेको सिइओ भूपेन्द्रराज पाण्डेयले बताए । मेडिकल बायोकेमिस्ट, टेक्नोलोजिस्ट, टेक्निसियन गरी ५ जना यहाँ कार्यरत छन् ।

पूर्ण स्वचालित फुल्ली अटोमेटिक एनालाइजर मेसिनबाट रक्त परीक्षण गरी तुरुन्तै रिपोर्ट दिइने जनाइएको छ । २०७० सेवा सुरु गरेको युआरएलका प्रधान कार्याल पोखरासहित तनहुँको दमौली, दुलेगौंडा र लमजुङको बेशीसहरमा शाखा सञ्चालन भइसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...