दुई वर्षपछिको चुनावमा अरू पार्टीले धुलो चाट्छन् : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षपछि निर्वाचन हुँदा अरु (आफ्नो पार्टीबाहेक) सबै पार्टीले ‘धुलो चाट्न बाध्य हुने’ बताएका छन्। प्रतिनिधि सभा विघटनपछि ताजा जनादेशमा जान डराएका दलहरू दुई वर्षपछि हुने निर्वाचनमा ‘धुलो चाट्ने’ दाबी गरेका हुन्।

१११औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले मात्र देश विकास गर्ने दाबी गरे। ‘नेपाल समृद्ध हुनपर्छ र नेपाली सुखी हुनुपर्छ’ भन्ने सरकारको मूल नारा भएको दाबी गरेका उनले देशलाई अस्थिरतातर्फ धकेल्दा केही मानिसहरुलाई फाइदा हुने भएकाले त्यसमा लागेको दाबीसमेत गरेका थिए।

‘सरकारले प्रतिनिधि सभा विघटन गरेर नयाँ जनादेशमा जाने घोषणा गर्‍यो। चुनाव भयो भने लोकतन्त्र सकिन्छ। च्यातिन्छ रे,’ उनले भने, ‘अब दुई वर्षपछि फेरि चुनावमा जानुपर्छ। यसले के च्यान्तिछ? नक्कली लोकतन्त्रवादीहरु हाउभाउसहित भाषण गर्छन्!’

फेरी लगाउने जोगीझैँ बेलुका हुईहुई गरेर बजाउने अनि बिहान सोही घरमा पुग्ने भन्दै उनले यसैगरी आफूलाई हटाउन लागेको दाबी गरेका थिए।

‘केपी ओलीले विकास गर्‍यो, यसलाई हटाउन पर्‍यो। विकास नगर्ने सरकार बनाउन पर्‍यो भनेर अरु पार्टीमा निवेदन हाल्न जान्छन्,’ ओलीले भने, ‘हामी कहीँ जादैनौँ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...