दशनामी समाज कास्कीको अध्यक्षमा हिरा गिरी

पोखरा, फागुन २९ गते ।नेपाल दशनामी समाज कास्कीको अध्यक्षमा हिरा गिरी चयन हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न नबौ बार्षिक साधारणसभा तथा पाँचौं अधिबेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्बसम्मतिबाट चयन भएको हो । समाजको उप्रथम उपाध्यक्षमा भरत गिरी, द्धितिय उपाध्यक्षमा मिरा गिरी, सहसचिवमा गंगा गिरी र कोषाध्यक्षमा बोधराज गिरी चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा चन्दै गिरी, गोविन्द गिरी, गोसाइचन्द्र गिरी,रेशम गिरी, शिवराज गिरी, मदन गिरी, दिनेश गिरी, रेशम गिरी र राजु गिरी रहनुभएको छ । यसअघि साधारण सभाको नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरीले उद्घाटन गर्नुभएको थियो । यसैवीच कार्यक्रममा बाबुराम गिरीलाई सम्मान गरियो । नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य निवाचित र दशनामी समाज केन्द्रीय समितिको सल्लाहकार हुनुभएकोमा सम्मान गरेको हो ।

 

दशनामी समाज कास्कीका अध्यक्ष जगतमोहन गिरीको अध्यक्षतामा भएको साधारण सभाकाको उद्घाटन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तारा गिरी, सम्मानित ब्यत्तित्व बाबुराम गिरी, सल्लाहकार मोती गिरी, समाजका सल्लाहकार शारदा गिरी, समाजका प्रथम उपाध्यक्ष हिरा गिरी, समाजका सचिव मिरा गिरी, कोषाध्यक्ष गंगा गिरी लगायतले बोल्नुभएको थियो । दशनामी समाज कास्कीका अध्यक्ष जगतमोहन गिरीको अध्यक्षतामा भएको साधारण सभाकाको उद्घाटन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तारा गिरी, सम्मानित ब्यत्तित्व बाबुराम गिरी, सल्लाहकार मोती गिरी, समाजका सल्लाहकार शारदा गिरी, समाजका प्रथम उपाध्यक्ष हिरा गिरी, समाजका सचिव मिरा गिरी, कोषाध्यक्ष गंगा गिरी लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...