पोखराको ८० किलोमिरटमा स्मार्ट लाइट, आफैं बत्ती बल्ने

पोखरा, चैत १ गते । नेपालको प्रमुख पर्यटकीय शहर पोखराका मुख्य सडकमा ‘स्मार्ट लाइट’ जडान गरिने भएको छ ।ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट लाइट’को सफलतापछि विद्युत् प्राधिकरणले देशका विभिन्न शहरमा यसको विस्तार गर्ने भएको हो ।

त्यसै अन्र्तगत पोखरा महागनरमा पनि स्मार्ट लाईट जडान गर्न लागिएको हो । पोखरा महानगरपालिकाले ८० किलोमिटरमा ‘स्मार्ट लाइट’ जडानका लागि टेण्डर प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणका अनुसार काठमाडौं रिङरोडभित्रका सबै मुख्य ठाउँमा १३ करोड रुपैयाँको लागतमा ‘स्मार्ट लाइट’ राखिंदैछ ।

 

प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार ‘स्मार्ट लाइट’ वातावरणमैत्री हुनुका साथै वैज्ञानिक पनि छ । यसले चरा–चुरुङ्गी र मानिसका आँखालाई पनि असर गर्दैन । उनका अनुसार यसले सडक बत्तीको दीर्घकालीन समस्यालाई समाधान गर्नेछ । ‘यो लाइट जडान गरेपछि कम्तीमा १० वर्षसम्म परिवर्तन गर्नुपर्दैन’, उनले भने ।

 

‘स्मार्ट लाइट’ कम्प्युटर प्रणालीबाट चल्ने गर्छ । यसमा सबै कुरा स्वचालित हुन्छ । प्राधिकरणका अनुसार ‘स्मार्ट लाइट’ ले जाडो मौसममा साँझ ६ देखि राति ११ बजेसम्म चहकिलो उज्यालो फ्याँक्छ भने ११ देखि बिहान ४ बजेसम्म मध्यम उल्यालो । गर्मी मौसममा भने बेलुका ७ बजेपछि आफैं बत्ती बल्ने प्रणाली लागू गरिएको हुन्छ ।

यसैगरी, कञ्चनपुरको भीमदत्त, झापाको कन्काई, उदयपुर, पोखरा, फिदिमलगायत २७ वटा नगरपालिकासँग प्राधिकरणले लागत साझेदारी गरेको छ । साझेदारीमा नगरपालिकाले ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत रकम लगानी हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...