गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तेज गुरुङ नियूक्त

पोखरा, चैत २ गते । गण्डकी प्रदेश मन्त्री परिषदको आईतबार बसेको बैठकले गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिवमा तेजबहादुर गुरुङलाई नियुक्त गरेको छ । गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित तीन सदस्य समितिले सिफारिस गरेपछि मन्त्रीपरिषद बैठकले नियुक्त गरेको हो । छनोट समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवर तथा खेलकुदकर्मीको तर्फबाट जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष दिलबहादुर गुरुङ सदस्य रहनुभएको थियो ।

नवनियुक्त गण्डकी प्रदेश खेलकुदका सदस्य सचिव गुरुङ नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष , नेपाल ओलम्पिक कमिटिको उपाध्यक्ष हुनुहुन्छ । गत वर्ष मंसिरमा पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सेभ दि मिसनको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । सामाजिका विकास मन्त्री नरदेवी पुनले समितिले तेजबहादुर गुरुङलाई सिफारिस गरेसँगै सदस्य सचिव नियुक्त गरिएको बताईन् । उनका अनुसार दुईजना मध्ये गुरुङ योग्य उमेदवारको रुपमा ठहर्याई सिफारिस गरिएको थियो । सदस्य सचिवकै लागि नवराज अधिकारीले समेत आवदेन दिनुभएको थियो । सदस्य सचिवमा गुरुङ र अधिकारीको मात्रै दिवेदन दिनुभएको थियो ।

प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिवको लागि खेलकुद क्षेत्रमा विशेष योगदान पुयार्एको, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्तानक तह उत्तीर्ण भएको, नैतिक पतन देखिने फौजदारी अदालतबाट कसुरदार नठहरिएको र तीस वर्ष उमेर पुरा भएको हुनुपर्ने उल्लेख छ ।

ऐनको दफा १७ को उपदफा ११ मा निजले अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा, गैर नेपाली नागरिक भएमा वा कुनै विदेशी मुलुकको स्थायी बसोबासको अनुमति लिएमा वा सोको लागि निवदेन दिएमा, निर्वाचनद्वारा नियुक्त हुने कुनै सार्वजनिक जवाफदेहीको पदमा उम्मेदावर भएमा, भ्रष्टाचार जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपोसार लागु औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पति शुद्धीकरण राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कुसुर संगठित अपराध वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसुरमा एक वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएकोमा, राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भोगेको प्रमाणित भएमा , निजको उमेर साठी ६० वर्ष पुरा भएमा र निजको मृत्यु भएमा पद रिक्त हुने व्यवस्था छ ।

गुरुङ ह्याण्डबल खेलाडी समेत हुनुहुन्छ । पोखरा–१६ अर्मलामा जन्मिएका गुरुङ ५९ वर्ष हुनुभएको छ । गुरुङले २०४० सालमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्याण्डबलमा स्वर्ण पदक जिताउँदा कम्तानको भूमिका निर्वाह गर्नुभएको थियो । सन १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नुभयो । गुरुङ भूतपुर्व खेलाडी मन्च नेपालका अध्यक्ष समेत हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...