पोखरा स्पोर्टस अवार्डको तयारी, माई होटलले नवप्रतिभा पुरस्कार प्रायोजन गर्ने

पोखरा, चैत ३ गते । पाँचौ पोखरा स्पोर्टस अवार्डको तयारी तिव्र पारिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड २०७८ साल बैशाख २० गते आयोजना हुदै छ ।

 

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सरकारले लकडाउन गरेपछि हुन सकेन् । यस पटक वर्ष २०७६ र ७७ लाई समावेश गरेर पाँचौ पोखरा स्पोर्टस अवार्ड गर्न लागेको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

 

गण्डकी प्रदेशबाट जिल्ला, राष्टिय र अन्तराष्टिय प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सात वटा विद्यामा अवार्ड प्रदान गरिने अध्यक्ष गिरीले बताउनुभयो । उहाँका अनुसार वर्ष उत्कृष्ट महिला, वर्ष उत्कृष्ट पुरुष, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट नवप्रतिभावान खेलाडी, उत्कृष्ट खेलकुद पत्रकार र लाइफटाइमा अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । कार्यक्रम पोखरा सभागृहमा आयोजना गरिने छ ।

नवप्रतिभा खेलाडी पुरस्कार प्रायोजन माई होटलले गर्ने

पोखराको लेकसाईडमा रहेको माइ होटलले पोखरा स्पोर्टस अवार्डलाई प्रायोजन गर्ने सहमती भएको छ । होटलका प्रवन्ध निर्देशक तोरण बहादुर बानियाँ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीवीच प्रायोजन बारे सहमती भएको हो ।

 

होटलले स्पोर्टस अवार्डको नवप्रतिभा खेलाडी पुरस्कार वापतको रकम ३५ हजार रुपैयाँ प्रायोजन गर्ने सहमती भएको हो । खेलाडीहरुको सम्मान र हौसला प्रदान गर्ने कार्यक्रम भएकाले सहयोग गर्न इच्छुक भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरुले गण्डकी प्रदेशका लागिहरुलाई हौसला प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...