पोखरा, चैत ५ गते ।पोखरा महागनरपालिका अध्ययन अवलोकन भ्रमणमा आएको झापाको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिलाई स्वागत गरिएको छ ।
पोखरा महागनरपालिका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख जिसीले पोखरा र मेचीनगर नगरपालिका वीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले पाँच वर्षमा पोखरालाई सिस्टमा सञ्चालन हुने अवस्थापमा पुग्ने बताउनुभयो ।
उहाँले पूर्वाधार विकासमा पोखरा महानगर अगाडी बढेको बताउदै सडक टिकाउ बलियो बनाउन नयाँ प्रविधिको प्रयोगसंगै नागरिक खुशी भएको बताउनुभयो । पोखरा महानगपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले न्यायिक समितिले सम्पादन गरिरहेका मुद्धा, महिलाहरुको क्षेत्रमा भैरहेका गतिविधि बारे जानकारी गराउनुभएको थियो ।
मेचीनगर नगरपालिकाबाट अध्ययन भ्रमणको लागि ३५ सदस्यीय टोली पोखरा आएको छ । मेचीनगर नगरपालिकाको भ्रमण टोलीका सदस्य तथा वडा नम्बर ४ का वडा सदस्य प्रह्लाद दाहालको नेतृत्वमा टोली भ्रमणमा आएको हो । भ्रमण टोलीका संयोजक दाहाललाई महानगर प्रमुख जिसीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।