सिर्जना कप विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल चैत ११ देखि

पोखरा, चैत ५ गते । तेश्रो सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौरको संयूक्त आयोजनामा चैत ११ देखि १४ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताउनुभयो । प्रतियोगितामा ५० टिमले सभागिता जनाउने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा विजेता टिम दुवै टिमले ७०÷७० हजार, उपविजेता टिमले ३५÷३५ हजार र तृतीय हुने टिमले नगद २०÷२० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघले जनाएको छ ।

 

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रा खेलाडीहरुलाई नगद ५÷५ हजार र ट्रफी र अन्य पाँच विधाका उत्कृष्ट खेलाडीलाई एकएक थान भलिबल प्रदान गरिने संघका सचिव टंकराज पौडेलले बताउनुभयो ।प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च लाग्ने अनुमान गरेको छ। प्रतियोगितामा ११ लाख आम्दानी हुने र १ लाख बचत हुने बताइएको छ ।

 

बचत रकम भलिबल संघकै विकास र विस्तारका लागि खर्च गरिने अध्यक्ष पराजुलीले बताउनुभयो । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ । लुकेर रहेका प्रतिभाहरुको प्रतिभा उजागर गर्न पाउने र यसले नयाँ र राम्रा खेलाडी उत्पादनमा भुकिा खेल्ने विश्वास गरिएको सृजना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले बताउनुभयो । प्रतियोगितालाई निरन्तरता दिदै रनिङ्ग शिल्डका रुपमा अगाडी बढाउने योजना रहेको अध्यक्ष पौडेलको भनाई थियो ।

 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले भलिबल प्रतियोगिताले खेलाडी उत्पादनमा भुमिका खेल्ने बताउनुभयो । पोखरामा आयोजना हुने नवौ राष्टिय खेलकुदलाई सफल बनाउन सवैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सामाजिक कार्य अन्र्तगत खेलकुदमा सृजना विकासले लगानी गरेको उहाँको भनाई थियो । कार्यक्रमको सञ्चालन सिर्जन विकास केन्द्रका महासचिव चन्द्र गिरीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...