पोखरा, चैत ७ गते । पोखराका फेवाताल किनार गौरीघाटको सौन्दर्यकरण गरिएको छ । स्थानीय युवाहरुको पहलमा घाटको सौन्दर्यकरण गरिएको हो । अब्यवस्थित बनेको घाटको साँढे दुई रोपनी क्षेत्रलाई आकर्षक बनाइएको छ । पोखरा महानगरपालिकाको १२ लाख ५० हजारमा सौन्र्दय करण गरिएको गौरीघाट पार्क व्यवस्थापन समितिका अध्यक्ष अनिल थापाले जानकारी दिनुभयो ।
यहाँ पुग्ने आन्तरीक तथा बाह्य पर्यटकको ध्यानाकर्षण गर्न पोखराको फेवातालमा पाइने तर लोपोन्मुख अवस्थामा पुगेको सहर माछाको प्रतिमा बनाइएको छ ।फेवातालमा पाइने माछा सहर हो उहाँले भन्नुभयो, ताल किनारमा आएर पर्यटकलाई केहीबेर भुल्ने र फोटो खिच्ने अवसरका लागि माछाको प्रतिमामा निर्माण गरेका हौ थापाको भनाई छ ।
गौरीघाट पार्कमा निर्माण गरिएको माछाको प्रतिमाको अनावरण शुक्रबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले उगर्नुभयो ।उहाँले फेवाताल विनाको पोखरा कल्पना गर्न नसकिने बताउनुभयो । लेक नभए लेकसाईड हुदैन उहाँले भन्नुभयो, ‘फेवाताल विना पोखरेलीको अस्तित्व हुदैन् । त्यसैले यसको संरक्षण र सौन्दर्यकरणमा वडा कार्यालय, स्थानीयबासी र महानगरपालिका वीच सहकार्य आवश्यक छ ।’