पोखरा, चैत ७ गते । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ सम्मानित हुनुभएको छ । नेपाल चेम्बर अफ कमर्स कास्कीले शनिबार दोश्रो साधारण सभा तथा योजना तर्जुमा गोष्ठिमा सम्मान गरेको हो । चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री राजेशकाजी श्रेष्ठले सम्मानपत्र सहित सहित दोसल्ला ओढाएर उहाँहरुलाई सम्मान गर्नु भभयो ।
गण्डकी प्रदेशमा रहेर खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउदै आएको र हालै प्रदेशको खेलकुद परिषद् सदस्यसचिवमा नियूक्त भएकोमा सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको चेम्बरका अध्यक्ष किसान सुनारले जानकारी दिनुभयो । गुरुङले गत आइतबार गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकबाट सदस्यसचिवमा नियूक्त हुनुभएको थियो ।
गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित तीन सदस्य समितिले सिफारिस गरेपछि मन्त्रीपरिषद बैठकले नियुक्त गरेको हो । त्यस्तै कार्यक्रममा पत्रकारद्धय श्याँमनाथ कुवंर, अमृत सुवेदी, विन्ध्यवासिनी चिउरा उद्योगका संचालक युवा व्यवसायी गोविन्द थापा, महिला उद्यमी गिता तिवारीलाई समेत सम्मान गरिएको