पोखरा, चैत १० गते । साइप्रसमा मृत्यू भएका पोखराका एक व्यक्तिको शव व्यवस्थापन गरेर बचत भएको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । साइप्रसमा मृत्यू भएका पोखराका रोशन अधिकारीको शव व्यवस्थापनका लागि साइप्रसमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट शव व्यवस्थापन गरेपछि बचत भएको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।
होनररी कन्सुलेट अफ नेपाल निकासियाको सहकार्यमा गैर आवासीय नेपाली संघ साइप्रसले अधिकारीको शव व्यवस्थापनका लागि सहयोग अपिल गर्दा ३ लाख ५१ हजार २ सय १० रुपैयाँ संकलन भएको थियो । संकलित रकम मध्ये २ लाख ४१ हजार ६ सय ३८ रुपैयाँ खर्च भई बचेको १ लाख ९ हजार ५ सय ७२ रुपैयाँ साइप्रसमा रहेका सुवास मल्लमार्फत प्राप्त रकम मंगलबार मृतक अधिकारीकै घरमा पुगेर उनको परिवारलाई हस्तान्तरण गरेका हुन् ।