फेवा सहकारी उत्कृष्ट

पोखरा, चैत २१ गते । फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. सृजना चोक पोखरा–८ ले ६४ औ राष्ट्रिय सहकारी दिवस मुल आयोजक समिति कास्कीको आयोजनामा आयोजित ३ दिने कार्यक्रमको पहिलो दिन खुल्ला रक्तदान कार्यक्रममा फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट–२८ जनाले रक्तदान गरि फेवा सहकारीले ६४ औ राष्ट्रिय सहकारी दिवसको पहिलो दिनको रक्तदान कार्यक्रममा प्रथम र ६१ औ र ६२ औ राष्ट्रिय सहकारी दिवसमा समेत प्रथम हुदै ह्याट्रिक मारेको छ ।

रक्तदान कार्यक्रममा फेवा सहकारी का सदस्यहरू सहभागी भई जिल्ला सहकारी संघ मा राखिएको रक्तदान कार्यक्रममा फेवा सहकारी का अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङ्ग समेत उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठ, प्रबन्ध निर्देशक हरि भक्त पौडेल लगायतका सदस्यहरूको सहभागितामा पहिलो पटक देखि चालीसौं पटक सम्म रक्तदान गरेका रक्तदाताहरूले रक्तदान गर्दै कास्कीमा रहेका सहकारी सस्था मध्ये उत्कृष्ट रक्तदान गर्ने सहकारीमा फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लाई सम्मान – पत्र र मायाको चिनो द्वारा सम्मान गरि सम्मानित भएको मा सम्पुर्ण रक्तदाताहरू र सहयोगी सबै लाई अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङ्गले सहयोगी सबैलाई धन्यबाद दिनु भएको थियो ।

उक्त दिवसको दोस्रो दिन जिल्ला सहकारी संघ कास्कीका महासचिब दिपक बास्तोलाको उपस्थितिमा सरसफाईका सभाध्यक्ष सम्मर बहादुर श्रेष्ठले सरसफाई सामाग्रि सहकारीका प्रबन्ध निर्देशक हरिभक्त पौडेललाई हस्तान्तरण गरि सहकारीको कार्यालय सृजना चोकदेखि शुभारम्भ गरिएको सरसफाई कार्यक्रममा सृजना चोक देखि जिरो कि मि हुदै फेवा टावर सहकारी भबन सम्मको सडकको दुबै किनारामा फोहर उठाउने आधुनिक लठ्ठी प्रयोग गरि जाम भई नालामा जमेको प्लाष्टिकका फोहर र खैनीका गुड्का र पान पराग लगायतका प्लाष्टिकका टुक्रा समेत गरि करिब १ हजार केजी फोहर संकलन गरिएको सहकारी का उपाध्यक्ष एवं सरसफाई कार्यक्रमका सभाध्यक्ष सम्मर बहादुर श्रेष्ठले बताउनु भएको छ ।

उक्त सरसफाई कार्यक्रममा सहकारीका पदाधिकारी सदस्य, उपसमितिका सदस्य र कर्मचारीहरूको बिशेष उपस्थिति र सहयोगमा सम्पन्न सरसफाई कार्यक्रममा सहकारी का कोषाध्यक्ष सेरकाजी गुरुङ्ग, सदस्य पुर्णभद्र अधिकारी, किरण बैध बिजुक्छे, सरस्वती देबकोटा, युबराज पौडेल,लेखा समिति, कर्मचारी लगायत बिभिन्न उप समितिका सदस्यहरुको उपस्थिति र सहयोगमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सहकारीका सहायक प्रबन्धक जगन तिमिल्सिनाको ब्यबस्थापनमा सम्पन्न सरसफाई कार्यक्रममा कोषाध्यक्ष सेरकाजी गुरुङ्गले स्वागत मन्तव्य दिईएको सरसफाई कार्यक्रमका सभाध्यक्ष एवं सहकारी का उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सरसफाई कार्यक्रममा सहकारी का प्रबन्ध निर्देशक हरिभक्त पौडेल ले संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...