पोखरा, चैत्र २९ गते । यस वर्षको आहा रारा गोल्ड कप महापण्डितको विजेता पोखरा १३ का छत्रप्रसाद सापकोटा भएका छन् ।
चैत २८ गते सम्पन्न संकटा क्लब र अफ्रिकन रुट्स एशोसियसन डाउला क्यामरुन बिचको फाइनल खेल कस्ले जित्ला भन्ने प्रशनमा अनुमानित सही उत्तर दिने मध्येबाट लक्की ड्र मार्फत सापकोटा छनोटमा परेका हुन् ।
उनलाई रेडियो अन्नपूर्ण पोखरा कल ईन कार्यक्रममा रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले ३२ इन्चको एलईडी टेलिभिजन प्रदान गरे । टेलिभिजन डिजिटल साउण्ड एण्ड भिजन न्युरोड पोखराले उपलब्ध गराएको थियो ।
टेिलभिजन सँगै विजेता सापकोटाले हिमश्री फुड्स प्रालीको तर्फबाट एक कार्टुन रारा चाउचाउ प्राप्त गरेका छन् । उनलाई हिमश्री फुड्सका सेल्स अफिसर बमबहादुर बरालले चाउचाउ प्रदान गरे ।आहा रारा गोल्ड कप महापण्डित हुन पाउँदा खुशी लागेको विजेता सापकोटाले बताए