सागमा रजत विजेता जमुनालाई एक लाख सहित सम्मान

पोखरा, बैशाख २ गते । पोखरा महानगरपालिकाले १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा रजत पदक विजेता पोखरेली खेलाडी जमुना थापालाई सम्मान गरिएको छ ।

मेयर साइकल दौड प्रतियोगिताको समापनमा पोखरा महागनरले जमुनालाई नगद १ लाख सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । पोखरा महानगरपालिका प्रमुख मानबाहदुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङले नगद १ लाख सहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभयो । सागमा पदक जितेर पोखरा र नेपालको गौरव बढाएको भन्दै महानगरले थापालाई सम्मान गरेको हो ।

 

यता सोही कार्यक्रममा १३ औँ सागमा साईकल प्रतियोगितामा पदक विजेता निमा श्रेष्ठा ,नमुना थापा, राजेश मगर, उषा खनाललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैवीच पोखराका पुराना साइकल चालकहरुलाई समेत सम्मान गरिएको छ । आफनो दैनिक जीवनमा साइकल प्रयोग गर्ने अग्रजहरु लोकबहादुर थापा,बसन्त सुवाल,चिजबाहदुर गुरुङ,इन्द्र नेपाली,खिमबहादुर थापा,भरतबहादुर कार्की, निरज थापा,यादवचन्द्र भुर्तेल,आलोक गुरुङ,मोहनसिंह लालचन,तुलसीकुमार श्रेष्ठ,श्यामकृष्ण श्रेष्ठ र रामनारायण श्रेष्ठलाई महानगर प्रमुख जिसी र उपप्रमुख गुरुङले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...